• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: अफिसबाट फ्याक्स



शेरे, एक जना अमेरिकी र जापानी पाँच तारे
होटलमा साउना बाथ लिदै थिए, अचानक
अलार्म बजेछ। अमेरिकीले
आफ्नो नाडीमा थिचेछ र अलार्म बन्द
भएछ।
त्यो देखेर शेरे छक्क पर्दै: "के बजेको यो ?" अमेरिकी: "यो मेरो पेजर बजेको, मैले
आफ्नो नाडी भित्र माइर्को चीप्स
राखेको छु नि।"
एकछिन पछि फोनको घण्टी बजेछ र
जापानीले आफ्नो हात कानमा लगेर
कुरा गरेछ। त्यो देखेर शेरेले जापानीलाई:
"त्यो चाहि तपाईको मोबाईल
होला होइन?"
जापानी: "अँ हो, मैले
मेरो मोबाईलको माइर्को चीप्स
हत्केलामा जडान गरेको छु नि।" दुई बिकसित देशबाट
आएका मित्रको आधुनिकता देखेर शेरे
पनि के गरू भएछ र ट्वाईलेटमा गएर
ट्वाईलेट पेपर झुण्ड्याएर आएछ। त्यो देखेर
दुबैले सोधेछ: "शेरे तिम्रो पछाडी के हो?"
शेरे: "ए , यो मेरो अफिसबाट फ्याक्स आको।